एभीसी सेन्ट्रल जोन भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

२०७८ पुष १२ गते, सोमबार

काठमाण्डाै । एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले आज किर्गिस्तानसँग खेल्दैछ ।

खेल बिहान सवा ११ बजे बङ्गलादेशको ढाकामा हुनेछ ।

फाइनलमा पुगिसकेको नेपाली महिला टोली आज लगातार पाँचौँ जित निकाल्ने दाउमा छ । हिजो उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

389 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal