भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जना मृत

२०७८ पुष १५ गते, बिहीबार

काठमाण्डाै । बाँके नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।

अस्पतालको क्वाटरमा रातको समयमा मकल बालेर सुतेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उहाँका परिवारका तीन सदस्यको ज्यान गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा कालीकोटको खाँडाचक्र नगरपालिका–४ घर भएका धर्मप्रसाद भट्टराई, उहाँका तीन महिनाका छोरा इप्सन, धर्मप्रसादकी आमा कोकिला र बहिनी कोली भट्टराई रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

घटनाबारे थप विवरण आउन बाँकी छ । 

233 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal