अर्घाखाँचीमा कोरोनाका कारण मालपोत कार्यालय बन्द

२०७८ माघ ८ गते, शनिबार

अर्घाखाँची । मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

कार्यालय प्रमुख माधव भुसालसहित अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा माघ १३ गतेसम्म बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कार्यालयमा नियमित कामकाजमा रहेका कर्मचारीमा उच्च जोखिममा रहेका र सेवाग्राहीसमेत जोखिममा पर्न सक्ने भन्दै सेवा बन्द गरिएको जनाएको छ । त्यस्तै नियमित सेवा माघ १४ गतेबाट प्रदान गरिने कार्यालय प्रमुख भुसालले बताउनु भयो ।

221 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal