नेपालको जनसंख्या तीन करोड पुगेन, पुरुषभन्दा महिलाको संख्या ७ लाख बढी

२०७८ माघ १२ गते, बुधबार

काठमाडौं । नेपालको जनसंख्या ३ करोड पुग्न बाँकी नै रहेको केन्दीय तथ्यांक विभागले जनाएको छ ।
विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० देखिएको छ ।

जसमा महिलाको संख्या पुरुषको भन्दा ७ लाख बढी छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् ।

अघिल्लोपटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०।९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

118 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal