पश्चिम नवलपरासीमा ट्रकबाट ५ लाख बराबरको चोरीका कपडा

२०७८ माघ १५ गते, शनिबार

परासी। कागज बोकेको ट्रकमा लुकाएर लैजादै गरेको साढे ५ लाख बराबरको कपडालाई सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित लुम्बिनी पेपर बोर्ड मिल नदवाबाट विरगञ्जको पाना पेपर वर्कसमा लु १ ख ९४१३ नम्बरको ट्रकमा कागज लोड गरी पठाइएको थियो।

सोही ट्रकमा बर्दघाट नगरपालिकाको भूताहा बजार नजिकबाट भन्सार छलेर ल्याएका ६ सय ७५ पिस साडी लोड गरेको जानकारी पाएपछि सशस्त्र प्रहरीको टोलीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटर नवलपरासीका सूचना अधिकारी एवम् नायब उपरीक्षक माधव रेग्मीले जानकरी दिए।

बरामद भएको कपडासहित कागज बोकेको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको रेग्मीले जानकारी दिए। बिल बिजकसहित रहेको कागजलाई सोही दिन छाडिएको र ट्रकसहित चालकलाई कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत राजेश पन्थीले बताए।

162 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal