कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित
२०७८ माघ १६ गते, आईतवार
काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बैठक आह्वान गरेका उक्त बैठक स्थगित गरिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
यसअघि, आजैका लागि निर्धारित प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि तय गरिएको छ ।
263 Views