कांग्रेस नेता गुरुङले दिए राजीनामा

२०७८ माघ १६ गते, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो विवेक र ल्याकतले भ्याएसम्म सक्रिय रहँदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन ।’

गुरुङले लेखेका छन्, ‘नेपालका आदिवासी जनजाति समुदायहरुले विगतमा निरन्तरता पाउँदै आएको सार्वजनिक विदाहरु पुनर्स्थापित नहुँदा मैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको छैन ।’

251 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal