नेता रावलको प्रश्न: देउवा नेपाली कि विदेशीको प्रधानमन्त्री ?

२०७८ माघ १७ गते, सोमबार

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कि विदेशीको प्रधानमन्त्री भन्दै प्रश्न गर्नुभएको छ ।

एमसीसी अनुमोदान नगर्ने हो भने सत्तारुढ गठबन्धन भंग गरिदिने भन्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठकमा धारणा राखेको विषय मिडियामा आएपछि नेता रावलले देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको भन्दै प्रश्न गर्नुभएको हो ।

नेता रावलले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे ? एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीको रु जनतालाई जवाफ दिनुहोस् ।’

215 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal