एमसीसी पारित गर्ने सहमति भएको छैन: नेता श्रेष्ठ

२०७८ माघ १७ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसी सम्झौता पारित गर्ने सहमति नभएको बताउनुभएको छ ।

आइतबार बसेको गठबन्धनको बैठकमा एमसीसी पारित गर्ने सहमति साथै एमसीसी पारित नगरे प्रधानमन्त्री देउवाले गठबन्धत तोड्ने धारणा राखेको समाचारहरु प्रकाशित भएका थिए । उक्त समाचारहरु प्रकाशित भएपछि नेता श्रेष्ठले अहिले एमसीसीको विषयमा छलफल नै नहुने र नभएको उल्लेख गर्नुभयो । नेता श्रेष्ठले यथास्थितिमा आफ्नो पार्टी एमसीसी पारित गर्ने पक्षमा नरहेको समेत स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘कुनै भ्रममा नपरौंः प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

187 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal