देउवा सरकारले पेट्रोल डिजेलको मूल्य इतिहासकै महँगो बनायो

२०७८ माघ १९ गते, बुधबार

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँग पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेलरमटितेल प्रतिलिटर रु.३ ले वृद्धि भएको नेपाल आयल निगमले जनाएके छ ।

अब पेट्रोल १४२ र मटितेल १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी विक्री मूल्य रु. ११६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १००ले वृद्धि गरी प्रतिकिलोलिटर विक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको छ ।

एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर रू. ८१. ६२ ले घटेर आएता पनि अझै निगमलाई प्रतिसिलिण्डर रू.५६०.०९ घाटा हुँदा समेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमले जनाएको छ । यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब रू. २ अर्ब २३ करोड घाटा कायम हुन निगमले जानकारी दिएको छ ।

304 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal