साझेदारको हत्या आरोपमा पक्राउ परेका अनिल मण्डलसहित ३ जना सार्वजनिक

२०७८ माघ २१ गते, शुक्रबार

काठमाडौं । आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो । यीमध्ये मण्डल मुख्य आरोपी हुन् । अन्य उनका सहयोगीहरु हुन् ।

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।

128 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal