सिके राउतको जनमत पार्टीले तत्कालका लागि स्थगित गर्‍यो आन्दोलन

२०७८ माघ २१ गते, शुक्रबार

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले तत्कालका लागि आन्दोलन स्थगित गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीले मौसम प्रतिकूलताका कारण आन्दोलन रोकिएको सो पार्टीले जनाएको छ। जनमत पार्टीले किसान आन्दोलनका नाममा पूर्वी तराईका जिल्लामा पूर्वपश्चिम राजमार्ग बन्द गर्दै आएको थियो।

पार्टीले किसानहरुलाई राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिकारनगरपालिका केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम गर्न पनि आग्रह गरेको छ।

मौसम सुधार भएपछि फागुन १ गतेदेखि आन्दोलन गर्ने र त्यसको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने जनमत पार्टीले जनाएको छ ।

287 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal