दाङमा करोडौं मूल्य बराबरको काँचो ईट्टामा क्षति

२०७८ माघ २१ गते, शुक्रबार

दाङ । अत्याधिक बर्षाका कारण दाङमा करोडौं रुपैयाँ बराबरको काँचो ईट्टामा क्षति भएको छ ।

दाङ देउखुरी ईट्टा व्यवसायी संघका अध्यक्ष प्रेमनाथ योगीले बेमौसमी बर्षाका कारण ३ करोड रुपैयाँ बराबरको इट्टामा क्षति भएको जानकारी दिनुभयो ।

पकाउनका लागि तयारी अवस्थामा राखिएका ईट्टा पानीले भिजाउँदा नष्ट भएको हो । निकाल्ने समयका ईट्टा भिजेपछि जिल्लामा ईट्टाको अभाव हुन सक्ने उहाँको भनाइ छ ।

जिल्लामा ३५ वटा ईट्टा उद्योग छन् । यसअघि पनि ईट्टामा पानीले क्षति पुर्‍याएपछि मूल्य वुद्धि गरिएको थियो । राज्यले बीमाको व्यवस्था नगर्दा समस्या भएको व्यवसायीको गुनासो छ ।

301 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal