एमालेले वेबसाइटमार्फत सार्वजनिक गर्यो ‘प्रभावशाली राजनेता’को सूची

२०७८ माघ २१ गते, शुक्रबार

काठमाडौं । नेपालको सवैभन्दा ठूलो दल नेकपा (एमाले) ले प्रभावशाली राजनेताको सूची सार्वजनिक गरेको छ । एमालेले आफ्नो परिमार्जित वेबसाइट https://www.cpnuml.org संचालनमा ल्याएलगत्तै तीन जना नेतालाई राजनेताको रुपमा फोटोसहितको बिवरण प्रकाशन गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार सीपीएनयूएमएल डट ओआरजी नामक वेबसाइट सार्वजनिक गर्नुभएको हो । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले यो वेबसाइट तयार पारेको हो ।

वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ । वेबसाइटमा ‘प्रभावशाली राजनेता’ भनेर नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तात्कालिन महासचिव जननेता मदन भण्डारी र नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा एमालेका तात्कालिन अध्यक्ष मनमोहन अधिकारीको नाम राखिएको हो।

284 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal