मूल्य वृद्धिको बिरोधमा युवा संघ र अनेरास्ववियु बुद्धभुमीले शान्तिपूर्ण प्रर्दशन गर्ने

२०७८ माघ २१ गते, शुक्रबार

कपिलबस्तु । राष्ट्रिय युवा संघ नेपाल बुद्धभुमी नगर कमिटी, अनेरास्ववियु बुद्धभुमी नगर कमिटिको आयोजनमा भोलि गोरुसिङ्गेमा शान्तिपूर्ण प्रर्दशन हुने भएको हो ।


राष्ट्रिय युवा संघ नेपाल बुद्धभुमी नगर कमिटीका अध्यक्ष सन्तोष पोखे्रलले मूल्य वृद्धिको बिरोधमा माघ २२ गते गोरुसिङ्गेमा शान्तिपूर्ण प्रर्दशन हुने जानकारि दिनुभएको हो ।

राष्ट्रिय युवा संघ नेपाल बुद्भुमीका अध्यक्ष पोखे्रलले नेकपा एमाले बुद्धभुमीका सम्पुर्ण नेता तथा कार्यकर्ता हरुलाई उपस्थितिको लागि आहवान समेत गर्नुभएको हो । यस्तो छ आहवान:


नेपालमा जुन खालको मूल्य वृद्धि भको छ त्यस्को बिरोधमा भोलि मिति २०७८ माघ २२ गते शनिबार दिउँसो ३ बजे बुद्धभुमी नपा २ गोरुसिङ्गेमा सान्तिपुर्ण आन्दोलन भको हुनाले आम नेपाली जन्तालाइ यश कार्यक्रममा सरिक हुन हार्दिक अनुरोध गर्दछु ।
आयोजक: राष्ट्रिय युवा संघ नेपाल बुद्धभुमी नगर कमिटी,
अनेरास्ववियु बुद्धभुमी नगर कमिटि

397 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal