पेरुमा विमान दुर्घटना, सात जनाको ज्यान गयो

२०७८ माघ २२ गते, शनिबार

एजेन्सी । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।

पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउन गइरहेको विमान दुर्घटनामा परेको समाचारसंस्था एएनआईले जनाएको छ ।

नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ ।

दुर्घटनाग्रस्त विमानमा नेदरल्यान्ड र चिलीका नागरिक रहेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पेरुको सरकारलाई उदृत गर्दै एएनआईले जनाएको छ ।

245 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal