चुनावको मिति सोमबार घोषणा हुन्छ: मन्त्री कार्की

२०७८ माघ २३ गते, आईतवार

काठमाडौँ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताएका छन् ।

निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताए ।

‘भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छ’ मन्त्री कार्कीले भने,’अहिले मिति घोषणाको सम्बन्धमा जुन किसिमको कुरा गरिदैँछ यसमा कुनै किसिमको द्वविधामा नरहन म सबैमा आग्रह गर्दछु ।’

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिए । आयोगले सिफारिस गरेको एकसाता भईसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आलटाल गर्न खोजेको हो कि भन्ने श‌का उत्पन्न भएको थियो ।

188 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal