तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायमै रहन्छ: मन्त्री पौडेल

२०७८ माघ २३ गते, आईतवार

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायम रहने बताउनु भएको छ ।

आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले गठबन्धनको नेतृत्वमा चुनाव गराउने प्रतिबद्धता जनाएको हुँदा स्थानीय, प्रदेश र केन्द्रको चुनावसम्मनै कायम रहने बताउनुभयो ।

उहाँले स्थानीय तहको चुनाव जेठमै गर्ने समेत जानकारी गराउनु भयो । पौडेलले निर्वाचन आयोगले चुनावको तयारी गर्‍यो भने सरकार तयार भएको बताउनुहुन्छ ।

उहाँले एमसीसी यथास्थितीमा पास हुने अवस्था नरहेको भन्दै यस बारे गठबन्धनमा दुई वटा धारणा प्रस्ट भएको बताउनुहुन्छ ।

मन्त्री पौडेलले एमसीसी र चुनाव एकै पटक नलैजाने भन्दै चुनाव सकिएपछि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने बताउनुभयो ।

उहाँले एमसीसी निकै विवादित भएको भन्दै सदन भित्र भएका सबै दलहरुसँग सहमति गरे अगाडी बढाईने बताउनुहुन्छ ।

216 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal