नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटियो

२०७८ माघ २३ गते, आईतवार

एजेन्सी । नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पु¥याउने जनाइएको छ ।

नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको उल्लेख छ ।

संक्रमितको रगतमा भाइरसको मात्रा पहिले भन्दा साढे तीनदेखि साढे पाँच प्रतिशतसम्म धेरै रहेको पाइएको र रोग प्रतिरोधात्मक क्षमता निकै गुमाएको पाइएको छ । तर उपचारपछि संक्रमितको अवस्थामा धेरै सुधार भइरहेको पाइएकाले धेरै चिन्तित हुनु नपर्ने अक्सफोर्डका इपिडिमियोलोजिस्ट र अध्ययनको नेतृत्व गरेका क्रिस भायमेन्टले बताएका छन् ।

एचआईभीको औषधि खान छाडेका र बृद्ध मानिसमा यसले छिटो असर गर्ने उनको भनाइ छ । नयाँ भेरिएन्ट सन् १९८० मा नै उत्पन्न भएर सन् २०१० देखि घट्दै गएको र अहिले फेरि देखिएको हुनुसक्ने जनस्वास्थ्य वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

288 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal