रामचन्द्र पौडेलको आरोप: प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे

२०७८ माघ २३ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसिसी सम्झौताबारे नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रम छरेको बताएका छन् ।

गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक रहेका पौडेलले आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान आग्रह गरेको पनि बताए । ‘एमसिसीका बारेमा आमजनतालाई कन्भिन्स गराउनुभयो, अब मलाई कन्भिन्स गराउनुस् । होइन भने कार्यान्वयनमा लैजाऔं’, गण्डकी प्रदेश कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै आज पौडेलले भने, ‘मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो । ठूला विकास आयोजना ठप्प छन् यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ।’

यद्यपी उनले गठबन्धनलाई भने चुनावसम्म लैजानुपर्ने बताएका थिए । कांग्रेससँग ३० प्रतिशत मात्रै मत रहेको उनको भनाई थियो । ७० प्रतिशत मत भएका पार्टी एक ठाउँमा जान सक्ने भएकोले गठबन्धन आवश्यक परेको उनको तर्क थियो ।

273 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal