विभिन्न माग राख्दै धर्मपनिया युवा क्लबले बुझायो वडा अध्यक्षलाई ज्ञापनपत्र

२०७८ माघ २३ गते, आईतवार

धनी राम कोरी, कपिलवस्तु । धर्मपनिया युवा क्लबले कपिलवस्तु नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धर्मत्मा माणी त्रिपाठी लाई आम जनताको समस्यालाई समाधान गर्नको लागि ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र मा उल्लेख जनसहभागिता, उत्तरदायित्व , पारदर्शिता सुनिश्चितता गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न , लोकतन्त्रमा लाभहरूको समानुपातिक समावेशी न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीहरूलाई स्थानीय तह देखि नै सुदृढीकरण गर्न र स्थानीय नेतृत्व को विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी , कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले , नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका का सांसदले यो स्थानीय सरकार सञ्चालन ऐन २०७४ बनाएको छ ।

धर्मपनिया युवा क्लबको अध्यक्ष शिवलाल ठाकुरको ज्ञापन पत्र मा हस्ताक्षर गरेर बुझाएका छन । ज्ञापन पत्र मा लेखिएको मागहरू स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम वडा कार्यालय समयमा सञ्चालन हुने र सेवाग्राहीलाई सहज हुने गरी सेवा प्रदान गर्ने गराउने , वडा भित्र सञ्चालन रहेको कृषि सहकारीहरूको चुहावट तथा चोरी बिक्रीलाई नियमित अनुगमन , नियमन गर्नुको साथै सूचना प्रसारण गरी मात्र वितरण गर्न गराउन र सामाजिक विधामा कार्यक्रमहरू वडामा रहेका स्थानीय क्लब वा सङ्घसंस्थाको प्रत्यक्ष सहभागिता सञ्चालन गर्न गराउन माग राख्दै ज्ञापन पत्र बुझाए हुन । मागहरूलाई बेवास्ता गरिएको खण्डमा कडा सङ्घर्ष एवम् अरू अन्दोलन को स्वरूप मा अगाडि बाध्य हुनेछौ भन्ने ज्ञापन पत्र मा उल्लेख रहेको छ ।

ज्ञापन पत्रमा धर्मपनिया युवा क्लब का अध्यक्ष शिवलाल ठाकुर, उपाध्यक्ष विजेता शाह, सचिव दिलीप कुमार चमार , सहसचिव कविता चौधरी , कोशाध्यक्ष विमलेश गोसाइ र सदस्यहरू प्रमोद कुमार सिंह , दीपक कहार, मानिषा कुमार कर्मी, विजय कुमार कुर्मी ,बृजेश चमार , सिमा चौधरी को हस्ताक्षर रहेको छ ।

373 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal