माओवादीले केन्द्रीय कमिटी बैठकबाट एमसीसीबारे थप स्पष्ट पार्ने

२०७८ माघ २४ गते, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ ।

आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो ।

माओवादीले आउँदो २७ गतेदेखि पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा एमसीसीबारे कुरा उठाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।

केन्द्रीय समिति बैठकअघि २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछिमात्रै त्यसबारेमा ठोस निर्णय गर्ने समझदारी बनेको माओवादीका एक नेताले बताए ।

289 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal