आजको मौसम: पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२०७८ माघ २६ गते, बुधबार

काठमाडौं । पश्चिमी क्षेत्रमा आज आज वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । अहिले यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । दिउँसो मौसम पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने भएको हो ।

मौसम विभागका अनुसार पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा आज पानी पर्न लागेको हो । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने बताइएको छ ।

यस्तै, आज वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँमा पनि हल्का पानी पर्ने छ । भोलि पनि वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा पानी पर्ने अनुमान छ । पर्सिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हट्ने भएकाले मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

अब पानी पार्ने अर्को कुनै प्रणाली नआए बिस्तारै गर्मी बढ्दै जाने छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

311 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal