जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु

२०७८ माघ २८ गते, शुक्रबार

दाङ । दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराति भएको आलगागीमा पाँचजनाको मृत्यु भएको हो ।

प्रहरीले चार पुरूष र एक बालिकाको शव निकालेको छ । शव अस्पताल पठाइएको छ । मृतकहरुको पहिचान भइसकेको छैन मृत्यु हुनेमा १० वर्षीय एक बालक, १५ वर्षका दुई बालक र एक बालिका तथा करिब ५५ वर्षीय एक पुरुष छन् ।

आगो कम भएपछि साढे ७ बजे शव निकालिएको हो । घरको तेस्रो तलाबाट तीनजना र चौथो तलाबाट दुईजनाको शव निकालिएको हो ।पाँचैजनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

289 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal