केपी ओलीलाई प्रचण्डको फोन,एमसीसीमा तपाईँले निर्णय नगरी भएन

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसीबारे छिटो निर्णय गर्न भनेका छन् । हिजो साँझ दाहालले ओलीलाई फोनमा यस्तो भनेको एमाले नेता विष्णु रिजालले जनाए ।

प्रचण्डलाई जवाफमा ओलीले पहिले सत्ता गठबन्धनले एमसीसीबारे निर्णय गरोस एमालेले त निर्णय गरिहाल्छ भनेको पनि रिजालले उल्लेख गरेका छन् ।

रिजालले सामाजिक सञ्जालमा लेखेका छन्-

एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले- नेकपा (एमाले)को धारणा स्पष्ट छ । ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ-

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्स नेकपा ९एमाले० त निर्णय गरिहाल्छ ।’

270 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal