संसद्ले जेसुकै गरोस्, सभामुखले एमसीसी संसदमा पेस गर्नुपर्ने: अध्यक्ष ओली

२०७८ माघ २८ गते, शुक्रबार

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सभामुखले रोक्न नपाउने बताउनुभएको छ । आज शुक्रवार स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अघिल्लो सभामुख र अहिलेको सभामुख दुवैले अनधिकृत काम गरेको ओलीले बताउनुभयो । संसदले जेसुकै गरे पनि सभामुखले एमसीसी संसदमा पेस गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ ।

सत्ता गठबन्धन नै एमसीसीबारे एकमत नहुनु समस्या भएको ओलीको भनाइ छ । सत्ता गठबन्धनले अमेरिकासँग एमसीसी पारित गर्न समय माग्ने अनि यता नागरिकलाई पारित गर्न हुन्न भनेर उचाल्ने दुई किसिमको चरित्र भएको अध्यक्ष ओलीको भनाइ छ ।

प्रधानमन्त्री स्वयम् र एउटा पार्टीको अध्यक्षले एमसीसीलाई पत्र लेख्नु कुटनीतिक व्यवहार विपरीत भएको उहाँले बताउनुभयो ।

353 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal