नेताहरूले विरोध गरेपछि काउन्टर महाभियोगबाट ‘ब्याक’ भयो एमाले

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौँ । आकस्मिक रूपमा बोलाइएको एमालेको संसदीय दलको बैठक सकिएको छ । परमादेश जारी गर्ने चार न्यायाधिशविरुद्ध महाभियोग लगाउनेबारे भएको छलफलमा एमाले नेताहरूले नै विरोध गरेपछि एमाले ब्याक हुने भएको छ

बैठकपछि नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् । यसअघि एमालेले आइतबार सचिवालय बैठक डाकेर चार न्यायाधिशविरुद्ध काउन्टर महाभियोग लगाउनेबारे छलफल गरेको थियो ।

सोमबार बसेको संसदीय दलको बैठकमा एमालेकै नेताहरूले चर्को विरोध गरेपछि उक्त कदमबाट एमाले ब्याक हुने भएको बताइएको छ । बैठकमा सहभागी एक नेताका अनुसार धेरैजसो नेताहरूले गठबन्धनले गरेजस्तै कच्चा काम गर्न नहुने भन्दै प्रस्तावको विरोध गरेका थिए ।

नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावकोबारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा “(एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् । यसपछि उत्पन्न राजनीतिक अवस्थाकोबारेमा छलफल गरेर एमाले संसदीय दलको बैठक सकिएको छ ।

तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ ।

साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उनले बताए ।

‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भने, महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ । ‘

130 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal