खोटाङमा सावरी दुर्घटना हुँदा १ जनाको मृत्यु

२०७८ फाल्गुन २ गते, सोमबार

खोटाङ । खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

आज सोमवार हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानको ऐसेलुखर्कबाट हलेसी जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा हलेसी १० अर्खौैले नवलपुरका १४ वर्षीय चालक शेखर मगरको ज्यान गएको प्रहरीले जनाएको छ । ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी सागर शाहले बताउनुभयो ।

दुर्घटनामा ट्र्याक्टर धनी हलेसी ७ महादेवस्थानको ऐसेलुखर्कका ३२ वर्षीय नगेन्द्र राई घाइते हुनुभएको छ । उहाँलाई हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

136 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal