युक्रेन तनावबारे अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

२०७८ फाल्गुन ३ गते, मंगलवार

एजेन्सी । युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।

उहाँहरुबीच युक्रेन सङ्कटको कुटनीतिक समाधानबारे केन्द्रित रहेर झण्डै ४० मिनेट कुराकानी भएको बीबीसीले जनाएको छ । रुसी सैन्य कारबाही हुनसक्ने बारम्बारको चेतावनीका बीच बाइडेन र जोनसनले सहमति अझै सम्भव रहेकोमा छलफल गरेका हुन् ।

बेलायतका प्रधानमन्त्रीले बाइडेनसँग सङ्कटमा सघाउन आफूले सबथोक गर्न तयार रहेको बताउनुभएको छ । जवाफमा बाइडेनले पनि बेलायतको सहायता विना केही नगर्ने वाचा गर्नुभएको खबरमा उल्लेख छ ।

यसअघि हिजो रुसी विदेशमन्त्रीले पनि कुटनीतिबाट आफूहरू नथाकेको प्रतिक्रिया दिनुभएको थियो ।

197 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal