ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने एकसहित ६ जना बन्दकर्ता पक्राउ

२०७८ फाल्गुन ४ गते, बुधबार

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट जबरजस्ती बन्द गराउन खोज्ने ६ जना पक्राउ परेका छन् । आज एमसीसीको विरोधमा विभिन्न ५ कम्युनिस्ट पार्टी र एक मोर्चा संगठनले नेपाल बन्द आह्वान गरेका छन् । बन्द गराउन निस्केहरुले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका थिए ।

ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने एक जनालाई पेट्रोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । यस्तै सुरक्षा व्यवस्था चुस्त बनाइएकाले काठमाडौंमा नेपाल बन्दको खासै असर देखिएको छैन ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

253 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal