झलनाथको चेतावनी: कांग्रेसले जबर्जस्ती एमसिसी अगाडि नबढाओस्

२०७८ फाल्गुन ४ गते, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी अगाडि बढाउन जबर्जस्त नगर्न कांग्रेसलाई चेतावनी दिएका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमसिसी सम्झौतामा गम्भीर खालका राष्ट्रिय हितविपरीतका कुराहरू रहेकाले बल प्रयोग गरेर पास गर्न नमिल्ने बताएका हुन्।

नेता खनालले भने, ‘नेपालको हितलाई सर्वोपरी राखेर यो सम्झौता सुरुमै भएन। नेपाली जनतालाई थाहा नै नदिईकन, राम्ररी अध्ययन नै नगरीकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझीकन र त्यसका दस्तावेजहरू राम्रोसँग अध्ययन समेत नगरीकन नेपाली जनतालाई गुमराहमा राखेर यो सम्झौता गरिएको छ।’

एमसिसी संशोधन नभई पारित हुन नसक्ने उनले स्पष्ट पारे। यथास्थितिमा एमसिसी संसदमा टेबल गर्न नदिन संसद्, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे।

‘एमसिसीभित्र गम्भिर राष्ट्रिय हित विपरितका कुराहरु छन्। त्यो कुरा नसच्चिकन एमसीसी पास हुन सक्दैन। कतिपय कुराहरु मिल्दैनन्। त्यसमा जब्बरजस्ती ठेल्न मिल्दैन। असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ? धाकधम्की दिएर हुन्छरु यसको विरोध सरकारमा पनि हुन्छ। सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ’ उनले भने। सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने उनको भनाइ छ।

254 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal