ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

२०७८ फाल्गुन ६ गते, शुक्रबार

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेका छ ।

अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरेको हो ।

ओमानका कप्तान जिशान मक्सुदले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले टस हारेपछि पहिला ब्याटिङ गर्नुपर्ने भएको हो ।

ग्लोबल छनोट अन्तर्गत नेपालले शुक्रबार समूहको पहिलो खेल ओमानविरुद्ध खेल्दैछ ।

207 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal