प्रदेश १ को नामकरणका लागि सरकारले बोलायो सर्वदलीय बैठक

२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौं । प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो ।

नाममा सहमति जुटाउन प्रदेश १ सरकारले यहि फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ ।

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तीनै दलहरूका प्रदेश कमिटी अध्यक्ष र सरकारका सबै मन्त्रीहरूलाई बोलाईने छ ।

गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकासमन्त्री (हाल स्वास्थ्यमन्त्री) जयराम यादवलाई प्रदेश १ को नामकरणका लागि सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको बैठकले प्रदेशको नाम टुङ्गो लगाउने प्रक्रिया अघि बढाउन छलफल बोलाएको हो ।

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्नका लागि पहल गर्दै आए पनि नाममा सहमति हुन सकेको छैन् ।

346 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal