भिरबाट लडेर ३८ बर्षीया महिलाको मृत्यु

२०७८ फाल्गुन ७ गते, शनिबार

ओखलढुंगा । मोलुङ गाउँपालिका–४ स्थित भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडेर मोलुङ–४ घले गाउँकी ३८ बर्षीया मिना सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

भिरबाट लडेर घाइते भएकी सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

136 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal