एमाले सर्लाहीको अध्यक्षमा पुनः साह

२०७८ फाल्गुन ८ गते, आईतवार

सर्लाही । नेकपा (एमाले) सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन हुनुभएको छ ।

शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट साह अध्यक्षमा चयन हुनुभएको हो । साह यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।

सर्लाही एमालेको उपाध्यक्षमा विदुर कुमार प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मा चयन हुनु भएका छन् ।

१३५ सदस्यीय जिल्ला कमिटीमध्ये शनिबार ५ जना पदाधिकारीहरु चयन गरिएको र बाँकी सदस्यहरु अध्यक्ष मण्डलले केही दिनभित्रै घोषणा गर्ने नवनिर्वाचित अध्यक्ष साहले जानकारी दिनुभयो ।

एमाले सर्लाहीको जिल्ला कमिटी घोषणा गर्न ८ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । जसमा केन्द्रीय सदस्यहरु कमला देवी महतो, रन्जना सरकार, रीना साह, कल्पना कटुवाल, बद्री न्यौपाने, रामऔतार यादव र प्रदेश उपाध्यक्ष रेवती पन्त रहनु भएका थिए ।

अधिवेशनको उद्घाटन शनिबार महासचिव शंकर पोखरेलले गर्नु भएको थियो ।

313 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal