एमसीसी टेबल गर्ने शीर्ष नेताको सहमतिमा झलनाथ खनालको आपत्ति

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् ।

उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए । ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा रु संसद त चल्दैन कहाँबाट टेबल हुन्छ रु’ खनालले भने, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ रु यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा आजै टेवल हुने जानकारी दिएका छन् । सत्ता गठबन्धन बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई टेकेर संसदमा एमसीसी टेवल गर्ने निर्णय गरिएको बताए ।

सडकमा नभएर संसदमा एमसीसीबारे छलफल गर्नका लागि उनले सबैमा आव्हान गरे । प्रतिपक्षी दल नेकपा एमाले पनि छलफलमा सहभागी हुने विश्वास उनको थियो ।

347 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal