संसदमा एकिकृत समाजवादी विभाजित, झलनाथ पनि विरोधमा उभिए

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल लागेकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् । बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए ।

उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि उभिएर त्यसको विरोध गरे। एमसीसी टेबल गर्न नुहने उनको भनाइ छ । एमसीसी टेबल हुँदै गर्दा नेता खनालले उभिएर नाराबाजी गरेका थिए ।

238 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal