सरकार जेसुकै होस्, एमसीसी पास गर्नमा समर्थन छैन: अध्यक्ष नेपाल

२०७८ फाल्गुन ८ गते, आईतवार

.काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहने बताएका छन् ।

आजको संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकार जेसुकै भए पनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन नरहने बताए । उनले भने, “एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ हुन्छ,” उनले भने ।

एकीकृत समाजवादीले सरकारलाई एमसीसी टेबल गर्न दिएको थियो । तर, अब पास गर्नमा भने समर्थन गर्न नसकिने उनले बताए ।

123 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal