माघ सम्बोधन नभए पछि धर्मपनिया युवा क्लबले गर्यो वडा कार्यालयमा तालाबन्दी
![](https://buddhabatikaonline.com/wp-content/uploads/2022/02/tala.jpg)
कपिलवस्तु । धर्मपनिया युवा क्लबले कपिलवस्तु नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धर्मत्मा माणी त्रिपाठी लाई आम जनताको समस्यालाई समाधान गर्नको लागि ज्ञापन पत्र बुझाएको थियो । तर आफना माग सम्बोधन नभए पछि धर्मपनिया युवा क्लबले वडा कार्यालयमा तालाबन्दी गरेको छ ।
![No description available.](https://scontent.fbwa5-1.fna.fbcdn.net/v/t1.15752-9/273937124_696327268207846_2338597053300407621_n.jpg?_nc_cat=101&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=pNbhKhO_c0QAX_lKPTh&tn=ioxdUON37McfXKsl&_nc_ht=scontent.fbwa5-1.fna&oh=03_AVKnAX-APP1B64PGRvzFJuX5h1jEC07FEjtn6SD-dFNuyw&oe=6239024A)
ज्ञापन पत्र मा उल्लेख जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चितता गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न , लोकतन्त्रमा लाभहरूको समानुपातिक समावेशी न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीहरूलाई स्थानीय तह देखि नै सुदृढीकरण गर्न र स्थानीय नेतृत्व को विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी , कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका का सांसदले यो स्थानीय सरकार सञ्चालन ऐन २०७४ बनाएको छ ।
![No description available.](https://scontent.fbwa5-1.fna.fbcdn.net/v/t1.15752-9/274030890_237776805229255_8041846716944967029_n.jpg?_nc_cat=110&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=ON4e5TpHpFQAX_Og_w0&_nc_ht=scontent.fbwa5-1.fna&oh=03_AVJKThNMaF_N2AQuEduS1pBxHIJrEQNlLvG4pxlFKoxUdg&oe=623629EB)
धर्मपनिया युवा क्लबको अध्यक्ष शिवलाल ठाकुरको ज्ञापन पत्र मा हस्ताक्षर गरेर बुझाएका छन । ज्ञापन पत्र मा लेखिएको मागहरू स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम वडा कार्यालय समयमा सञ्चालन हुने र सेवाग्राहीलाई सहज हुने गरी सेवा प्रदान गर्ने गराउने , वडा भित्र सञ्चालन रहेको कृषि सहकारीहरूको चुहावट तथा चोरी बिक्रीलाई नियमित अनुगमन, नियमन गर्नुको साथै सूचना प्रसारण गरी मात्र वितरण गर्न गराउन र सामाजिक विधामा कार्यक्रमहरू वडामा रहेका स्थानीय क्लब वा सङ्घसंस्थाको प्रत्यक्ष सहभागिता सञ्चालन गर्न गराउन माग राख्दै ज्ञापन पत्र बुझाए हुन । मागहरूलाई बेवास्ता गरिएको खण्डमा कडा सङ्घर्ष एवम् अरू अन्दोलन को स्वरूप मा अगाडि बाध्य हुनेछौ भन्ने ज्ञापन पत्र मा उल्लेख रहेको थियो ।
![No description available.](https://scontent.fbwa5-1.fna.fbcdn.net/v/t1.15752-9/274121011_538373817537146_915521405404684716_n.jpg?_nc_cat=101&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=HUmD2hkRAN0AX94oZsQ&tn=ioxdUON37McfXKsl&_nc_ht=scontent.fbwa5-1.fna&oh=03_AVKRjercOC1lf0DydaBD_-0rgvXRzUBa0eTKaNI7hoK8LA&oe=6236C7DD)
धर्मपनिया युवा क्लब का अध्यक्ष शिवलाल ठाकुर, उपाध्यक्ष विजेता शाह, सचिव दिलीप कुमार चमार , सहसचिव कविता चौधरी , कोशाध्यक्ष विमलेश गोसाइ र सदस्यहरू प्रमोद कुमार सिंह, दीपक कहार, मानिषा कुमार कर्मी, विजय कुमार कुर्मी ,बृजेश चमार , सिमा चौधरी लगायतको उपस्थितिमा तालाबन्दि गरिएको हो ।
![No description available.](https://scontent.fbwa5-1.fna.fbcdn.net/v/t1.15752-9/273881797_480190313603518_849334383314619225_n.jpg?_nc_cat=106&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=GqN4VnBZDH0AX9QZ5ZV&_nc_ht=scontent.fbwa5-1.fna&oh=03_AVIfXBsF0LqIhnuMi6U6kGt1dmzAbg-i6evQsZ-1N21BaQ&oe=62393818)