प्रचण्ड भेट्न देउवा खुमलटारमा, निर्णायक वार्ता हुनसक्ने

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार पुग्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा बुधबार विहानै दाहालनिवास खुमलटार पुग्नुभएको हो ।

देउवाले माओवादीसँग आज निर्णायक वार्ता गर्नसक्ने अनुमान गरिएको छ । एमसीसीमा सहयोग नगरे एमालेसँग मिलेर सभामुख फेर्ने र एमसीसी पास गर्नसक्ने आशंका पनि गर्न थालिएको छ ।

यसअघि नै प्रचण्डले आफ्ना मन्त्रीहरुलाई जस्तोसुकै परिस्थिति आउनसक्ने भएकाले तयारी भएर बस्ने बताइसकेको अवस्थामा माओवादी केन्द्रले सरकार छाड्न सक्ने अर्काथरीको विश्लेषण छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिरहेको बेला प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नका लागि दौडधुप बढाउनुभएको छ । उहाँले मंगलबार बेलुकी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरूको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

282 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal