देशको अनुहार मात्र होइन नक्सै फेर्ने नेता केपी ओली: निलाम्बर आचार्य

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाडौं । पूर्व राजदूत निलाम्बर आचार्यले नेकपा एमालेका अध्यक्ष केपी ओली अग्लो सोच भएको नेता भएको बताउनु भएको छ । अध्यक्ष ओलीमाथि लेखिको पुस्तक लोकारोपर्ण समारोहमा सो पुस्तकमाथि समीक्षा गर्दै आचार्यले केपी ओली जस्तो नेता नेपालमा नजन्मेको बताउनुभयो । केपी ओलीबारे थुप्रै किताब लेखिनुपर्ने उहाँले बताउनुभयो । ‘ओलीबारे थुप्रै किताब लेखिनेछ, यस्तो मानिस जसले देशको अनुहार मात्र होइन देशकै नक्सा फेरिदियो,इतिहासमा कसैले गर्न नसकेको काम गर्‍यो,जसले नेपालको उचाइलाई अझ माथि थप्यो,त्यसैले ओलीमाथि थुप्रै पुस्तक लेखिनुपर्छ,इतिहास लेखिनुपर्छ’- उहाँको भनाइ छ ।

देश र जनताका लागि केपी ओली सधैं चाहिइरहने नेता भएको भन्दै आचार्यले ओलीलाई फेरि प्रधानमन्त्री बन्नका लागि शुभकामना समेत दिनुभयो । अन्य तन्त्र चलाउनेहरुले लोकतन्त्रका हिमायती ओलीलाई सरकारबाट हटाएका आचार्यको भनाइ छ । ‘आज पूर्व प्रधानमन्त्रीका रुपमा होइन प्रधानमन्त्रीकै रुपमा मनाउनुपर्ने होइन र ? उहाँ ५ वर्षका लागि प्रधानमन्त्री नियुक्त भएको नेता हो, जनता र लोकतन्त्रमाथि विश्वास गर्ने मानिस हो,लोकतन्त्रमा लोकतन्त्र चल्छ तर यहाँ अरु तन्त्र चलाउनेले सरकारबाट हटाएर भोलि फेरि प्रधानमन्त्री बन्नुहुनेछ’- उहाँले भन्नुभयो ।

जुनसुकै समस्यालाई पनि आत्मबल र इच्छाशक्तिले हराइदिने क्षमता अध्यक्ष ओलीमा रहेको आचार्यले बताउनुभयो । नेपालको छोरो जन्माएको भन्दै उहाँले केपी ओलीका वुवा मोहनप्रसाद ओलीलाई बधाई दिनुभयो ।

केपी ओली अग्लो सोच भएको मानिस भएको भन्दै आचार्यले नेपालको उचाइलाई थपेको मानिस भएको बताउनुभयो । ओलीले देशको प्रतिष्ठालाई माथि उठाउने काम गर्नुभएको आचार्यले बताउनुभयो ।

223 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal