लुम्बिनी एमालेले आगामी चुनावका लागि बनायो रणनीति

२०७८ फाल्गुन १३ गते, शुक्रबार

रुपन्देही । नेकपा एमाले लुम्बिनीले आगामी चुनावका लागि रणनीति तय गरेको छ । पार्टीको केन्द्रीय स्कुल विभाग, केन्द्रीय स्थानीय तह विभाग र केन्द्रीय निर्वाचन विभागको आयोजना र एमाले लुम्बिनी प्रदेश कमिटीको व्यवस्थापनमा स्थानीय तहका प्रमुख-उपप्रमुख, प्रदेशका सबै जिल्लाका पदाधिकारी, यहाँबाट केन्द्रमा रहेका नेताहरुलाई एकैठाउँमा राखेर रणनीति तयार गरिएको हो ।

लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय स्थानीय विकास विभाग संयोजक देवेन्द्र दाहाल, कानून विभागका संयोजक रमेश बडालले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सबैभन्दा पहिला आफ्नो पार्टीको वर्तमान अवस्था अध्ययन गर्ने, दोस्रो नेता, कार्यकर्ताहरुलाई ऊर्जा दिनका लागि राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको विश्लेषण गर्ने, तेस्रो पार्टीका नेता, कार्यकर्ताहरुले स्थानीय पार्टी बलियो बनाउन अपनाउने रणनीतिक योजना तथा कार्यक्रम कसरी बनाउने, चौथो पार्टीले जनतासँग के–के विषय लिएर जाने र प्रतिस्पर्धीसँग कसरी मुकाबिला गर्ने, कस्ता उम्मेदवार कसरी चयन गर्ने र चुनाव कसरी जित्ने ? विषयमा रणनीति तयार गरिएको एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकले बताए ।

कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, पालिका तथा जिससका निर्वाचित प्रमुख/उपप्रमुख र पालिका कमिटिका अध्यक्षहरुको सहभागिता रहेकप्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।

130 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal