सोमबारबाट बाणगंगामा राष्ट्रिय परिचयपत्र अभियान शुरु हुने

२०७८ फाल्गुन १४ गते, शनिबार

कपिलवस्तु । सरकारले लागु गरेको राष्ट्रिय परिचयपत्र निति अन्र्तरगत कपिलवस्तुका नागरिकका लागि पनी परिचयपत्र बनाउन सहज गर्न थालिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे ले बताएका छन् ।

यस अगाडी जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको परिचय पत्रको टोली अव गाउँ गाउँ जाने उनले बताए । कपिलवस्तुको बाणगंगामा प्रजिअ पाण्डेको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच आज भएको अभिमुखीकरण कार्यक्रम उनले राष्टिय परिचय पत्र अव बाणगंगा नगरपालिकाका वडाबाट शिविर संचालन गर्ने बताएका हुन् । उनले यस अभियानमा कोहि पनी नछुटन आग्रह समेत गरेका छन् । बाणगंगा नगरबाट संचालित घुम्ति टोली क्रमश अन्य नगर तथा गाउँपालिका पुग्ने बताईएको छ ।

नगरपालिकाको वडा वडामा राष्ट्रिय परिचय पत्र बनाउने टोली परिचालन सोमबारबाट हुने भएकाले प्रत्येक व्यक्ति आफ्नै गाउँको शिविरमा पुगेर नाम दर्ता गराउन आग्रह गरेका हुन् । प्रजिअ पाण्डेले अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै भने, व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि सारेको छ, नेपाली नागरिकता प्राप्त नागरिकले मात्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेकाले नागरिकता लिएका सबैलाई सो विवरण भराउन आग्रह गर्दछु ।”

आधुनिक युगमा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामको लागि समेत प्रयोगमा ल्याउन सकिने हुनाले यो परिचयपत्रको अत्यन्त महत्व रहने बताए ।
व्यक्तिगत परिचय नम्बर उल्लेख हुने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औँठाको छाप, फोटो तथा आँखाको नानीको तस्बिरसहितको सूचना सङ्कलन गरिने हुँदा नागरिकको संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सङ्कलनको काम गरिने समेत बताएका थिए ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पंन्थी ले राज्यले दिने सम्पूणर् सेवा र सुविधा सहज र सुलभ बनाउन राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि ल्याइएको भन्दै आईतबारबाट नै तयारी अवस्थामा बसेर सोमबारबाट काम शुरु गरिने भएको हुदाँ वडा सचिवहरुलाई तयारीमा लाग्न निर्देशन जारी गरेका थिए ।

त्यस अवसरमा बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले राष्ट्रिय परिचयपत्र नागरिकको लागि उपयोगी भएको बताउँदै यसबाट नागरिकको व्यक्तिगत पहिचान राष्ट्रबाट हुने भन्दै सरकारले चुनावी मिति तय गरिसकेको अवस्थामा यो काम थपिदा झन्जट भएतापनी व्यवस्थापन गरिने बताए ।

163 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal