कञ्चन ४ थकाली चोकमा महाशिवरात्री मेला तथा पाँचौँ रवि किरण खुल्ला भलिबल कप-२०७८ हुने

२०७८ फाल्गुन १४ गते, शनिबार

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं.४ मा थकाली चोकमा महाशिवरात्रीको अवसरमा विशेष मेला लाग्ने भएको छ । जनआस्था पृथ्वी क्लवले महाशिवरात्री मेला २०७८ तथा पाँचौँ रवि किरण खुल्ला भलिबल कप प्रतियोगिता गर्ने भएको छ । कार्यक्रम हुने स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराईएको हो ।

रोगभोक अशिक्षाका विरुद्ध अघि बढौँ भन्ने मुल नाराका साथ २० औँ बर्ष देखि विभिन्न सामाजिक तथा मानवीय कार्यहरु गर्दै आएको उक्त क्लवले खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने र धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष उदय बहादुर आलेले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकारका जिज्ञासाको जवाफ दिंदै क्लवका सचिव हिमाल थापाले लामो समय देखि कोरोनाका कारण कार्यक्रमहरु रोकिएको र यस बर्ष मेला आयोजना गरिएकाले सफल पार्नका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले मेलाका जम्मा ८ लाख लागतको अनुमान गरिएको बताउदै करिव सबै तयारी पुरा भएको बताउनुभयो ।

चौथो रवि किरण खुल्ला भलिबल कपको प्रथम पुरस्कार ४१ हजार १ सय ११, द्धितीय पुरस्कार २५ हजार ५ सय ५५ तथा दुवै फाईनलिस्टलाई ५ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

क्लवका अध्यक्ष आलेको अध्यक्षता, पत्रकार जोगिलाल थापाको सञ्चालन रहेको पत्रकार सम्मेलनमा क्लवका कोषाध्यक्ष सन्दिप राना लगायत पुर्व अध्यक्ष, सल्लाहकार तथा पत्रकारको उपस्थिती रहेको थियो ।

305 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal