चितवनको सहकारीमा एमालेको प्यानलै विजयी, सत्ता गठबन्धनको लज्जास्पद हार

२०७८ फाल्गुन १५ गते, आईतवार

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका-१ मा रहेको सूर्यकिरण किसान वचत तथा ऋण सहकारीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै एमाले विजयी बनेको छ।

शनिबार राति सम्पन्न भएको मत गणनामा एमाले निकटका महेन्द्रराज डल्लाकोटी नेतृत्वको प्यानल नै विजयी भएको हो । निर्वाचनमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविरुद्ध एमाले एक्लै चुनावी मैदानमा होमिएको थियो ।

संचालक समितिका पदाधिकारी,सदस्य र लेखा समिति सबैमा एमाले निकटका सेयर सदस्य निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित डल्लाकोटीले २४४ मत प्राप्त गर्दा प्रत्यासी गठबन्धनका उम्मेदवार नेत्रप्रसाद शर्माले १९२ मत पाए । उपाध्यक्षमा एमाले कै भरतराज घिमिरेले २४०,सचिवमा विष्णु पौडेलले २३८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत वसन्तप्रसाद लामिछानेले जानकारी दिए ।

त्यस्तै कोषाध्यक्षमा चेतनाथ कडेंलले २७० मत ल्याएर निर्वाचित भए । अध्यक्षमा नेकपा एकिकृत समाजवादीका,उपाध्यक्षमा पराजित नेपाली कांग्रेसका ,सचिवमा पराजित नेकपा माओवादी केन्द्र र कोषाध्यक्षमा एकिकृत समाजवादीका उम्मेदवार हुन् ।

सदस्यहरुमा एमाले निकटका अर्जुन कुमार सापकोटा,रामप्रसाद कोईराला,वालकृष्ण सापकोटा,अणकुमारी न्यौपाने,तारा लामा,प्रेम प्रसाद उपाध्याय,दिलवहादुर विक,कृष्णवन्धु भूर्तेल र इन्द्रकला डल्लाकोटी निर्वाचित भए ।

लेखा सुपरिक्षवेक्षण समिति संयोजकमा एमाले निकटका प्रेमनाथ लम्साल निर्वाचित भए । लम्सालले २४२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी रामचन्द्र उप्रेतीले १८२ मत पाए । लेखा सदस्यहरुमा एमाले निकटकै केदार प्रसाद खतिवडा २४२ मत र धनराज सिलवाल २३८ मतका साथ विजयी भए ।

257 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal