नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुले दियो संगठन विस्तारमा तिब्रता

२०७८ फाल्गुन १४ गते, शनिबार

कपिलवस्तु । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जिल्ला कार्यसमिति कपिलवस्तुको बैठक आज संगम प्यालेस होटेलमा सम्पन्न भएको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथी नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले महासंघले व्यवसायीका समस्याहरुलाई समाधान गर्न संगठनले आवाज उठाउनु पर्ने बताउनु भयो । महासंघले स्थानिय सरकारलाई कस्तो नीति बनाउने हो सो बिषयमा पैरवी गर्नु पर्ने बताउनु भयो ।

स्थानिय सरकारले बनाएका नीति उद्योगी र व्यापारीको हितमा छ कि छैन भनेर महासंघले अध्ययन गरि व्यापारीका हितमा नभएका नीति सच्चाउन सहयोग गर्नु पर्ने बताउनु भयो ।
बैठकमा महासंघका केन्द्रीय सदस्य कृष्ण सापकोटाले कोभिडको मारमा परेका व्यापारीलाई ३ तहका सरकारले सम्वोदन नगर्दा मर्कामा परेको बताउनु भयो ।

केन्द्रीय सदस्य योगेन्द्र मल्लले महासंघले गरेका कामको चर्चा गर्नु भएको थियो ।
महासंघका जिल्ला अध्यक्ष महादेव पोख्रेलले महासंघले व्यवसायीको गुनासो र समस्या समाधान गर्न महासंघ तयार रहेको बताउनु भयो । कार्य्रकममा एमाले जिल्ला सदस्य उमानाथ पौडेलले सम्बोदन गर्नु भएको थियो ।

बैठकको फागुन १४ गते सम्म बाणगंगा नगरपालिका १२ कपिलवस्तु नगरपालिका १४ गते, महाराजगन्ज नगरपालिकामा १४ गते, शिवराज नगरपालिका ११ गते, बुद्धभुमि नगरपालिकामा ११ गते नगर स्तरीय भेला गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला सदस्य शान्त बिक्रम पौडेलको छोरा नवल राज पौडेलको सडक दुर्घटना परि निधन भएकोमा समवेदना प्रकट गरिएको थियो ।

बैठकको संचालन जिल्ला सचिव कुशल पौडेल, र उपाध्यक्ष कृष्ण प्रसाद गैरेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

301 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal