भोजपुरमा माओवादीका वडाध्यक्ष सहित सम्पूर्ण कमिटी नै एमालेमा प्रवेश

२०७८ फाल्गुन १५ गते, आईतवार

भोजपुर । नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षसहित ट्याम्के ट्याम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण वडा कमिटी नै एमालेमा समाहित भएका छन् ।

शनिवार आयोजित कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष तथा माआवादीका जिल्ला सचिवालय सदस्य सुर्य नेपालसहित वडा कमिटीका सम्पूर्ण सदस्य एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा अन्य पार्टीका कार्यकर्ता समेत एमाले प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई एमाले जिल्ला इन्चार्ज हरिवहादुर राई, जिल्ला अध्यक्ष शरण राई, गाउँपालिका अध्यक्ष धुर्वराज राई लगायतका नेताले स्वागत गरेका थिए । एमाले प्रवेश गर्नेमा वडाध्यक्ष नेपालसहित माओवादीका जिल्ला कमिटी सदस्य तथा निर्वाचित वडा सदस्य भगवान गिरी,टेकवहादुर सार्की,हेमराज राई लगायत सय भन्दा बढी एमालेमा प्रवेश गरेको जनाइएको छ ।

248 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal