स्वास्थ्य मन्त्री र मुख्यसचिवद्वारा अङगदानको घोषणा

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गर्नुभएको छ ।

आज आइतबार राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पुर्याउनुपर्ने भएको थप जनशक्तिको आवश्यक्त परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गर्नुभयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन् त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनु होला ।

चुनौतीले अवसर दिन्छ भनेजस्तै हामीलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनको लागि गाउँ -गाउँसम्म स्वास्थ्य केन्द्रहरु पुर्याउन, स्वास्थ्य सामग्रीहरु पुर्याउन, अनेकौँ ढंगबाट भौतिक संरचनाहरु निर्माण गर्न, स्वास्थ्यमा थप जनशक्तिको आवश्यक्ता छ भन्ने कुरातर्फ ध्यान आकर्षण गराउन, यी हरेक क्षेत्रमा यो बीचको केही अवधिमा निकै राम्रो प्रगति गरेको उहाँले बताउनुभयो ।

त्यस्तै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताउनुभयो । उहाँले नेपालले विगत दुई वर्ष यता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताउनुभयो । मुख्यसचिव बैरागीले स्वास्थ्य सेवालाई उचाईमा पुर्याउन खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर सरकारले धान्न र बोक्न सक्नेसम्मको सेवासुविधा बिस्तार गर्नेदेखि ऐन, कानून मिलाउने कुराहरुमा आफ्नो प्रत्यक्ष भुमिका रहने पनि बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजन लगायतका विषयहरुमा समीक्षा गर्नको लागि प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्वास्थ्य, कानून मन्त्रालयको प्रतिनिधित्व रहनेगरि काम गर्ने प्रवन्ध मिलाउने प्रतिवद्धतासमेत जनाउनु भयो।

यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहति स्वास्थ्य सेवा दिवस मनाएको छ ।

333 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal