मगर दिवसमा पाल्पामा सार्वजनिक बिदा
२०७८ फाल्गुन १५ गते, आईतवार
![](https://buddhabatikaonline.com/wp-content/uploads/2022/02/magar-diwas-palpa-2722022032344-1000x0-1-e1645947713892.jpg)
पाल्पा । पाल्पाका नौ स्थानीय तहले ४० औं मगर एकता दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् ।
पाल्पाको निस्दी गाउँपालिकाले भने गाउँ कार्यपालिकाको बैठकबाट आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदा दिएपछि पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहने स्थानीय तहले निकालेको सूचनामा जनाइएको छ ।
![](https://buddhabatikaonline.com/wp-content/uploads/2022/02/magar-diwas-palpa-2722022032344-1000x0-1-746x1024.jpg)
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको सार्वजनिक सूचना अनुसार मगद दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिइएको हो । मगर दिवसका अवसरमा स्थानीय तहले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।
314 Views