झापा आन्दोलनका सहिदको शालिकमा एमाले अध्यक्ष ओलीद्वारा माल्यार्पण

२०७८ फाल्गुन २१ गते, शनिबार

झापा । पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा रहेको सुखानी स्मृति पार्कमा निर्मित झापा बिद्रोहका योद्धाहरुको शालिकमा माल्यार्पण गर्नु भएको छ ।

५० औ सुखानी स्मृति दिवसको अबसरमा ओलीले झापा आन्दोलनका शहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको शालिकमा ओलीले माल्यार्पण गर्नु भएको हो । साथै उहाले यहाँ बिरुवा रोपन पनि गर्नु भएको छ ।

एमाले अध्यक्ष ओली कमल गाउँपालिकामा आयोजित दुईवटा कार्यक्रममा सहभागी हुने छन् । त्यहाँ पुल उदघाटन गर्ने कार्यक्रम छ । उनी झापाको बिर्तामोडमा आयोजना गरिने तीन औपचारिक कार्यक्रममा सहभागी हुने छन् । उनले एमालेनिकट प्रदेश १ स्तरीय खेलकुद महासङ्घको अधिवेशन उदघाट्न गर्ने छन् ।

सम्मेलनमा सहभागी हुन १४ जिल्लाबाट अतिथि, प्रतिनिधि र पर्यवेक्षक झापा आइसकेका छन् । ओलीले दिउँसो २ बजे झापा गोल्डकपको पाँचौँ संस्करणको उद्घाटन गर्ने कार्यक्रम छ । फागुन ३० सम्म चल्ने प्रतियोगिता डोमालाल राजवंशी रङ्गशालामा हुने छ । त्यसको सम्पूर्ण तयारी सकिएको आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।

213 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal